Header Ads Widget

6/recent/ticker-posts

मृत्युको संघारमा पुग्दा मात्र खुल्ने जीवनको रहस्य

मृत्युको संघारमा पुग्दा मात्र खुल्ने जीवनको रहस्य

मानिस आफ्नो पुरै जिन्दगी दौडधुप, प्रतिस्पर्धा र भविष्यको चिन्तामा बिताउँछ। तर जब जीवनको अन्तिम अध्याय नजिकिन्छ, तब मात्र मानिसले जीवनको असली अर्थ बुझ्छ। संसारभरका मृत्युशैय्यामा रहेका मानिसहरूका अनुभवका आधारमा जीवन के रैछ त भनेर निकालेको निष्कर्ष यस्तो छ:


सम्बन्ध र प्रेमको नाम

अन्तिम क्षणमा कसैले पनि आफ्नो बैंक ब्यालेन्स, ठुलो घर वा गाडीलाई सम्झिँदैन। मानिसले केवल आफ्ना प्रियजनहरू, परिवार, र साथीभाइलाई सम्झिन्छ। जीवनको अन्त्यमा महसुस हुन्छ कि हामीले कति कमायौँ भन्ने कुराको कुनै अर्थ छैन, बरु हामीले अरूलाई र कति प्रेम गरेका थियौ भन्ने मात्र बाँकी रहँदो रैछ। 


अनावश्यक चिन्ता र डर 

जीवन त अनावश्यक चिन्ता र डर भ्रम मात्र रैछ । धेरैजसो मानिसले अन्तिम समयमा पछुतो मान्छन् कि उनीहरूले अरूले के सोच्तील भनेरै आफ्नो आधा जिन्दगी बिताए। समाजको डर, असफल हुने डर, र ससाना कुराको तनावमा अमूल्य समय खेर फालियो भन्ने महसुस हुन्छ। वास्तवमा, ती चिन्ताहरू कति अर्थहीन थिए भन्ने कुरा मृत्युको नजिक पुगेपछि मात्र थाहा हुन्छ।


लाइफ इज Choice

खुसी हुनु त एउटा choice रैछ l हामी सोच्छौँ कि भविष्यमा यो कुरा प्राप्त भएपछि म खुसी हुनेछु। तर अन्तिम क्षणमा मानिसले बुझ्छ कि खुसी कुनै परिस्थिति वा सामानमा होइन, आफ्नै भित्र हुन्थ्यो। वर्तमान पललाई स्विकारेर हाँस्न सक्नु नै जीवनको सबैभन्दा ठुलो कला रैछ, जुन हामीले समय छँदै बुझ्न सक्दैनौँ।


जिन्दगी नबाँचेकोमा सबैभन्दा ठुलो पछुतो

मृत्युशय्यामा रहेका मानिसहरूको सबैभन्दा साझा पछुतो यो हुदो हो ! मैले अरूले मबाट राखेको अपेक्षा अनुसार जिन्दगी बिताए, तर मैले जे चाहेको थिएँ, त्यो कहिल्यै गर्न सकिनँ। आफ्ना सपनाहरूलाई थाती राखेर अरूलाई खुसी पार्न खोज्नु नै जीवनको सबैभन्दा ठुलो गल्ती रैछ भन्ने उनीहरू स्वीकार गर्छन्।


सायद अन्तिम क्षणमा पुग्दा थाहा हुन्छ कि जीवन कुनै ठुलो गन्तव्य होइन। जीवन त केवल आजको दिनमा आफ्ना मान्छेहरूसँग हाँस्नु, कसैलाई मद्दत गर्नु, र प्रकृतिले दिएको यो सुन्दर समयलाई शान्तिपूर्ण रूपमा महसुस गर्नु मात्र रैछ। समय छँदै यो कुरा बुझ्न सके मात्र जीवन सार्थक हुन्छ।

Post a Comment

0 Comments