नेपालको संविधानको अनुसूचीमा प्रदेश र स्थानीय तह दुवैको अधिकार सूचीमा रहेका करको कर प्रशासन व्यवस्था उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको अनुसूचीमा प्रदेश र स्थानीय तह दुवैको अधिकार सूचीमा घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर र विज्ञापन कर रहेका छन् । यी करको कर प्रशासन व्यवस्था सम्बन्धमा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले निम्न व्यवस्था गरेको छः
> सवारीसाधन करको दर प्रदेशले लगाउने र उठाउने,
> घरजग्गा रजिस्ट्रेसन शुल्कको दर प्रदेशले लगाउने र गाउँपालिका/नगरपालिकाले उठाउने,
> मनोरञ्जन करको दर प्रदेशले लगाउने र गाउँपालिका/नगरपालिकाले उठाउने,
> विज्ञापन करको दर गाउँपालिका/नगरपालिकाले लगाउने र उठाउने,
> गाउँपालिका/नगरपालिकाले सवारीसाधन करबाहेक अरू करबाट उठेको रकममध्ये साठी प्रतिशत रकम गाउँपालिका/नगरपालिकाले स्थानीय सञ्चित कोषमा जम्मा गरी ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

0 Comments